Wednesday, June 11, 2008

तिमि र म


तिमि र म, अनि कल्पेका रंगिन सपनाहरु
आज नदिका दुई किनारा जस्तै भएको छ,
छताछुल्ल भएर पोखिएका सपनाका रंगहरु
अंजुली भरि उठाउन नपाउदै सुकेर दाग भएको छ।

मुटुको स्पन्दन संगै स्मृतिका पानाहरु
बेदनाका छाल लिएर आंशु बनि बगेकाछन्
रित्तो सडक जस्तो सुन्यता छाएर मनभित्र
पीडाका कालो बादलहरु मडारिरहेका छन्।

तिमि र म अनि हामिले बुनेका सपनाहरु
पातबिहिन सुकेको बृक्ष जस्तै उजाडिएको छ
बाहारको प्रतिक्षामा कयौं बसन्तहरु पार गर्दै
थकित रुखका हांगाहरु जस्तै जीवनका पलहरु बितिरहेको छ।

No comments: